काभ्रेमा हतियारधारी समूहसँग प्रहरीको जम्काभेट हुँदा गोली चल्याे
काठमाडौं, असार १२
काभ्रेकाे रोशी गाउँपालिकामा गोली चलेकाे छ।
बोधिचित्त लुटपाट भएको सूचना आएपछि गाउँमा पुगेको प्रहरीको हतियारधारी समूहसँग जम्काभेट भएको थियो । त्यसक्रममा गोली चलेको काभ्रेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले बताए ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी कुमार विक्रम थापाका अनुसार, बोधिचित्तको माला लुटपाट गर्न आएको समूहले बिहानै गोली चलाएको हो ।
गाउँमा बोधिचित्त लुट्न आएको सूचना पाएपछि प्रहरीको टोली गाउँमा पुगेको थियो । प्रहरी र हतियारधारी समूहको जम्काभेट हुँदा गोली चलेको हो ।
लुटेरा समूहले प्रहरीलाई कुटपिट समेत गरेको र बाटोमा बम राखेर भागेको बताइएको छ ।
प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार