चट्याङ लागेर एकैदिन १ सय ७ जनाको मृत्यु, संख्या अझै बढ्न सक्ने
काठमाडौं, असार १२
वर्षासँगै परेको चट्याङ लागेर भारतमा एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ। चट्याङले लाग्दा बिहारमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो।
क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागले जनाएको छ ।
कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार