पुटिन सन २०३६ सम्म रास्ट्रपति हुने, पाए ठूलो जनमत


 



एजेन्सी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन २०३६ सम्म रास्ट्रपति हुन पाउने भएका छन् । उनको पक्षमा अझै १६ वर्षसम्म शक्तिमा रहन पाउने गरी जनमत प्राप्त भएको छ ।

एक साता लामो मतदानपछि बिहीबार सार्वजनिक नतिजाअनुसार राष्ट्रपति पुटिन सन् २०३६ सम्म उक्त पदमा निरन्तर रहनेछन्।

पुटिनलाई लामो समय शक्तिमा राख्ने गरी बनाइएको नयाँ संवैधानिक व्यवस्थाको पक्षमा ठूलो मत परेको हो ।

मतदानबाट अनुमोदन भएको संविधानमा राष्ट्रपति पुटिनलाई थप दुई कार्यकाल शक्तिमै रहने व्यवस्था गरिएको छ। प्रत्येक कार्यकाल ६ वर्षको हुनेछ।

राष्ट्रपति पुटिनको अहिलेको कार्यकाल आगामी सन् २०२४ मा सकिने थियो। ६७ वर्षीय पुटिनले रुसमा दुई दशकदेखि शासन गर्दै आएका छन्।

प्रकाशित मिति: १२ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्