भारतमा काेराेना कहर: एकैदिन थपिए १७ हजार संक्रमित


 


काठमाडौं, असार ११
भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का करिब १७ हजार नयाँ संक्रमित फेला परेका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार यससँगै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या चार लाख ७३ हजार १०५ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १४ हजार ८९४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसको कारण ४१८ जनाको मृत्यु भएको हो ।

भारतको सबैभन्दा प्रभावित महाराष्ट्रमा एक लाख ४२ हजारभन्दा धेरै कोरोना भाइरसका संक्रमित भेटिएका छन् भने ६ हजार ७३९ जनाको मृत्यु भइसको छ ।

दिल्लीमा ७० हजारभन्दा संक्रमित भेटिँदा दुई हजार ३६५ जनाको मृत्यु भइसकेको छ । तामिलनाडुमा पनि ६७ हजारभन्दा बढी संक्रमित फेला परेका छन् भने ८६६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशमा १९ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५९६ जनाको मृत्यु भइसकेको छ ।

पश्चिम बंगालमा पनि १५ हजारभन्दा धेरै संक्रमित भेटिँदा ५९१ जनाको मृत्यु भएको छ ।

बिहारमा अहिलेसम्म आठ हजारभन्दा धेरै संक्रमित फेला परेका छन् भने ५७ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा कोरोना भाइरसका दुई लाख ७१ हजार ६९७ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।

प्रकाशित मिति: ११ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्