मेक्सिकोमा शक्तिशाली भूकम्प


 


एजेन्सी, असार १०
मेमेक्सिकोमा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएकाे छ। ल्याटिन अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी भेगमा मंगलबार साँझ साढे ७ बजेतिर शक्तिशाली भुइँचालो गएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

मेक्सिकोको राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार यो भुइँचालो ७.५ म्याग्निच्यूडको थियो। भुइँचालोको केन्द्रविन्दु मेक्सिकोको प्रशान्त तटीय राज्य ओक्साका रहेको रोयटर्सले जनाएको छ। भुइँचालोको कम्पनले केन्द्रविन्दुबाट झन्डै ५ सय किलोमिटर टाढाको राजधानी मेक्सिको सिटीका घरहरू समेत हल्लिएका थिए। मान्छेहरू त्रसित हुँदै सडकमा निस्केका थिए।

रोयटर्सका अनुसार अहिलेसम्म मेक्सिको सिटीमा कुनै पनि ठूलो क्षति वा हताहतिको खबर छैन। सुरूमा ७.७ म्याग्निच्यूड हुनसक्ने अनुमान गरिएको थियो।

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्