चीनले तिब्बतलाई स्वशासित क्षेत्र बनाउँदा नेपालकाे गाउँ नै हत्यायाे


 


गोरखा, असार १०
हाल तिब्बतमा परेको रुई गाउँ नेपालकै भएको प्रमाण स्थानीयसँग अझै पनि सुरक्षित रहेको स्थानीय अगुवाहरुले दाबी गरेका छन् । ‘त्यो हाम्रै देश हो, यसको प्रमाण नै छ,’ तत्कालीन ल्हो गाविसका पूर्वअध्यक्ष तेन्जेन लामा भन्छन्, ‘रुई गाउँ एकचोटि पुगेको पनि छु म ।’

रुई गाउँ नेपालकै भएको प्रमाणका रूपमा ताम्रपत्र अझै पनि साम्दोमा सुरक्षित रहेको उनको दाबी छ । उनले भने, ‘त्यहाँ हामीलाई यताउता डुल्न दिँदैन, जुन घरमा गएको हो त्यहीँ बसेर फर्कनुपर्छ ।’ नेपाल र तिब्बतको सीमा सुक्चे खोला रहेको उनले बताए । ‘अहिले साम्दो र रुईबीचको ठाउँमा सिमेन्टको मन्दिरजस्तो बनाएर स्तम्भ गाडेका छन्,’ उनले भने ।

२०१८र०१९ सालको नापी र मालपोतको अभिलेखमा पनि रुई गाउँ नेपालको भएको प्रमाण पाउन सकिने उनको भनाइ छ । ‘पहिले–पहिले बर्खामा रुईका मान्छे साम्दो आउँथे, हिउँदमा रुई गाउँ उक्लन्थे,’ उनले भने, ‘पहिले त नुन, उनको व्यापारिक केन्द्र नै साम्दो थियो नि ।’ चीनले तिब्बतलाई आफ्नो स्वशासित क्षेत्र बनाएपछि नेपालको केही भूभाग तिब्बततिर परेको हुन सक्ने लामाको आंकलन छ । कान्तिपुर दैनिम

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्