गण्डकी प्रदेशमा थपिए १०४ काेराेना संक्रमित


 


काठमाडौं, असार १०
मंगलबार साँझ गण्डकी प्रदेशमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले प्रेस विज्ञप्ति जारी गर्दै थप १०४ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो । नयाँ थपिएका संक्रमितहरु बाग्लुङ, कास्की पर्वत, नवलपरासी पूर्व, तनहुँ, स्याङ्जा र गोरखाका छन् ।

नयाँ संक्रमितमध्ये एक जना ३ महिने शिशुमा समेत छन् । पर्वतको विहादी गाउँपालिकाका एक तीन महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

नयाँ संक्रमितसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६९७ पुगेको छ ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्