कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नजिक


 



काठमाडौं, असार १०
विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या पाँच लाख नजिक पुगेको छ ।

कोरोनाकै कारण हालसम्म विश्वभर चार लाख ७८ हजार नौ सय तीन जनाको मृत्यु भइसकेको छ । पाँच लाख लाख ३६ हजार तीन सय ७१ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

यस्तै, कोरोना संक्रमितको संख्या एक करोड नजिक पुगेको छ । अमेरिकास्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांक अनुसार कोरोना संक्रमितको संख्या ९३ लाख ४२ हजार पाँच सय १० जना पुगेको छ।

कोरोना भन्दा सबैभन्दा बढी अमेरिका प्रभावित भएका छन् ।

प्रकाशित मिति: १० असार २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्