मस्टवान्टेड सूचीमा रहेका ज्वाला समूहका कार्यकर्ता पक्राउ
बाँके, असार ९
प्रहरीको मस्टवान्टेड सूचीमा रहेका धर्मा सिंह उपनामले चिनिने राजेश यादव पक्राउ परेका छन् । यादव तराई जनतान्त्रिक मुक्ति मोर्चा ज्वालासिंह समूहका कार्यकर्ता हुन् ।
यादव ज्यान सम्बन्धी कसुर, अपहरण तथा शरीर बन्धक, हात हतियार खरखजाना, विष्फोटकलगायत नौ वटा मुद्दाका अभियुक्त रहेको प्रहरीले जनाएको छ ।
उनलाई तरबार, चक्कुससहित वनकट्टीबाट आज बिहान बाँकेबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनी लामो समयदेखि भारतमा लुकेर बस्दै आएका थिए ।
प्रकाशित मिति: ९ असार २०७७, मंगलबार