धादिङ बस दुर्घटनाः घाइते उद्धारका लागि सेनाको हेलिकप्टर आउँदै


 


helicopter-650x366

धादिङ, असोज ११ । धादिङको मार्फा–६ स्थित लपाङफेदीमा भएको यात्रु बस दुर्घटनाका घाइतेहरुको उद्धारका लागि नेपाली सेनाको हलिकप्टर धादिङ आउने भएको छ ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सदरमुकाम धादिङबेसीँबाट उत्तरी धादिङको किन्ताङफेदी जाँदै गरेको यात्रु बस मंगलबार बिहान दुर्घटनामा परेको थियो । दुर्घटनामा १३ जनाको मृत्यु भएको छ । २० भन्दा बढी घाइते छन् ।

धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीले घटनास्थल सदरमुकामबाट झण्डै ५ घण्टाको बाटोमा रहेकाले घाइतेहरुलाई हेलिकप्टरबाट उद्दार गर्ने तयारी भइरहेको बताए ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्