धादिङ बस दुर्घटना अपडेटः १७ को मृत्यु


 


dhading-accidentकाठमाडाैं, असाेज ११

धादिङको लफाङफेदीमा बस दुर्घटना हुँदा ज्यान गुमाउनेको संख्या १७ पुगेको छ । सदरमुकाम धादिङवेसीबाट दार्खा गाविसको किन्ताङफेदी जाँदै गरेको बा ३ ख ३३१८ नम्बरको बस मार्पाक गविसस्थित लापाङ चौतारा नजिकै सडकबाट करीव ५०० मिटर तल खसेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङले दिएको पछिल्लो जानकारी अनुसार १७ जनाको शव भेटिएको छ । ज्यान गुमाउनेको सनाखत हुन सकेको छैन ।

दुर्घटनामा घाइते भएका १२ जनामध्ये ६ जनालाई लिएर हेलिकोप्टर काठमाडौका लागि उडेको छ । घटनास्थल छेउका प्रहरी चौकीबाट पुगेका प्रहरी र स्थानीयवासीले उद्धार गरिरहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र पञ्जियारको नेतृत्वमा पनि प्रहरी घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । सरकारले भूकम्प प्रभावितलाई उपलब्ध गराएको रकम लिएर घर फर्कँदै गरेका ५० भन्दा बढी यात्रु बोकेको अनुमान गरिएको छ । साँघुरोबाटोमा माथीबाट पहिरो झरेको ठाउँबाट बस पल्टिएर झण्डै २ सय मिटर तल आँखु खोला नजिकै पुगेको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्