अमेरिकामा कोरोना कहर: संक्रमितकाे संख्या २३ लाख ५५ हजार नाघ्याे


 


काठमाडौं, असार ८
कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन २५ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा मात्रै २५ हजार २२१ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख ५५ हजार ७९९ पुगेको छ ।

सोमबार बिहानसम्म १ लाख २२ हजार २४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २६६ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ७९ हजार १९४ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ५४ हजार ३५९ जनामध्ये १६ हजार ४७१ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्