कोरोना संक्रमण तीव्र, संक्रमित संख्या ९० लाख नाघ्यो


 



काठमाडौं, असार ८
विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण तीव्र भनेको छ । आज विहानसम्म विश्वभर कोरोना संक्रमित संख्या ९० लाख नाघेको छ ।

अहिले संक्रमित संख्या प्रतिदिन डेढ लाखका दरले वृद्धि भइरहेको छ । पछिल्लो तथ्यांक अनुसार ४७ लाख ९६ हजार निको भएका छन् । संक्रमणबाट कुल मृतक संख्या ४ लाख ६९ हजार पुगिसकेको छ ।

अमेरिकामा २३ लाख ५५ हजार संक्रमित भइसकेका छन् । जसमध्ये एक लाख २२ हजारको मृत्यु भएको छ ।

ब्राजिलमा १० लाख ८६ हजार संक्रमित हुँदा ५० हजारको मृत्यु भएको छ । रुसमा ५ लाख ८४ हजार संक्रमित हुँदा ८ हजारको मृत्यु भइसकेको छ ।

भारतमा ४ लाख २६ हजार संक्रमितमध्ये १३ हजार ७ सयको मृत्यु भएको छ । बेलायतमा पनि संक्रमित संख्या ३ लाख नाघेको छ । त्यहाँ ४२ हजारको मृत्यु भइसकेको छ ।

पछिल्लो समय दक्षिण अमेरिका र दक्षिण एसियामा अवस्था भयावह बन्दै गएको छ । विश्व स्वास्थ्य संगठनले पनि विश्व कोरोना भाइरसको भयावह चरणमा पुगेको भनिसकेको छ ।

प्रकाशित मिति: ८ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्