धादिङमा बस दुर्घटना, १० जनाको मृत्यु
काठमाडाैं, असाेज ११
धादिङमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् । मंगलबार बिहान धादिङबेसीबाट किन्ताङ जाँदै गरेको ना ४ ख ३३१८ नम्बरको यात्रुबाहक बस मार्फा–६ लपाङफेदीमा दुर्घटना हुँदा १० जनाको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनास्थल धादिङ सदरमुकाम धादिङबेसीबाट एक दिनको पैदल दूरीमा पर्दछ। उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ प्रस्थान गरिसकेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति: ११ आश्विन २०७३, मंगलबार