भारतमा काेराेनाकाे भयाभाय अवस्था, ३ लाख ८१ हजारभन्दा बढीमा संक्रमण


 


काठमाडौं, असार ५
भारतमा कोरोना भाइरस संक्रमणको भयाभाय अवस्था हुन लागेकाे छ। उक्त भाइरसकाे संक्रमणबाट मृत्यु हुनेको संख्या १२ हजार ६०४ पुगेको छ ।

भारतमा पछिल्लो २४ घण्टामा ३४२ जनाको मृत्यु भएको छ भने १३ हजार ८२७ जना नयाँ संक्रमित थपिएका छन् । योसँगै भारतमा संक्रमितको ३ लाख ८१ हजार ९१ पुगेको हो ।

एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा संक्रमितमध्ये २ लाख ५ हजार १८२ जना संक्रमणमुक्त भएका छन् ।

कोराना भाइरस (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्