‘कोरोना रूघाखोकी जस्तै हो, हाच्छ्युँ गरेर उडाइदिनु पर्छ’


 


काठमाडौं, असार ५
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरस रूघाखोकीजस्तै भएको जनाउँदै उच्च मनोबलले जितिने बताएका छन् ।

बिहीबार राष्ट्रिय सभामा बोल्दै प्रधानमन्त्री ओलीले कोरोनाले छोयो भन्नेबित्तिकै मर्छु भन्ने सोच राख्न नहुने बताएका हुन् ।

कोरोनाले छुनेबित्तिकै मर्छु भनेर हिम्मत हार्न नहुने उनले बताए ।

प्रधानमन्त्री ओलीले भने, ‘कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ।’

प्रधानमन्त्री ओलीले कोरोना भाइरस संक्रमणविरुद्ध बच्नको लागि औषधीजन्य सन्तुलित आहारको पनि उचित ध्यान दिनुपर्ने बताएका छन् । उनले नियमित व्यायाम गर्न पनि सुझाएका छन् ।

प्रकाशित मिति: ५ असार २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्