नेकपा स्थायी कमिटी बैठक आगामी साता बोलाइयो


 


काठमाडौँ, असार ४
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक असार १० मा बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा बुधबार भएको भेटवार्तामा बैठक बोलाउने सहमति भएको हो ।

असार १० गते बस्ने बैठकमा अमेरिकन सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल हुने जनाइएको छ । यसअघि ओली र दाहालबीच बैठक कहिले बोलाउने भन्नेमा छलफल भए पनि मिति तय भएको थिएन ।

एमसीसी सम्झौता कार्यान्वयनका लागि १६ असारभित्र संसद्‌बाट निर्णय गरिसक्नुपर्ने भएकाले नेकपा नेतृत्व छिटो टुंगो लगाउनुपर्ने दबाबमा छ । यसअघि वैशाख २५ र पछि वैशाख ३१ मा बोलाइएको स्थायी कमिटी बैठक स्थगित भएको थियो ।

एमसीसीलाई लिएर नेकपामा विवाद छ । स्थायी कमिटीको चौथो बैठकमा एमसीसीबारे विवाद भएपछि केन्द्रीय कमिटी बैठकले अध्ययन कार्यदल बनाएको थियो ।
झलनाथ खनाल संयोजक, भीम रावल र प्रदीप ज्ञवाली सदस्य रहेको कार्यदलले फागुनको दोस्रो साता नै प्रतिवेदन बुझाइसकेको छ । कार्यदललको प्रतिवेदनमाथि छलफल हुनेभने पाएको छैन ।

प्रकाशित मिति: ४ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्