ब्राजिलमा कोरोनाका कारण भयावह अवस्था, एकै दिन ३१ हजारमा संक्रमण


 


काठमाडौं, असार ४
कोरोना भाइरसको महामारीले ब्राजिलको अवस्था भयावह बनेको छ ।

वुधबार एकै दिन ३७ हजारभन्दा बढी नयाँ संक्रमित देखिएको विहिबार पनि संक्रमितको संख्या ३० हजार नाघेको छ । विहिबार ३१ हजार ४७५ जना नयाँ संक्रमित फेला परेपछि ब्राजिलमा संक्रमितको संख्या ९ लाख ६० हजार ३०९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १ हजार २०९ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ४६ हजार ६६५ पुगेको छ । अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा दैनिक संक्रमितको संख्या दिनानुदिन अझ बढ्दै जान थालेको छ ।

प्रकाशित मिति: ४ असार २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्