कोरोना भाइरसको औषधि पत्ता लाग्यो ! यस्तो छ स्वास्थ्य विज्ञको दाबी


 



एजेन्सी
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस ९कोभिड १९० को औषधि पत्ता लागेको छ। 

बेलायतका स्वास्थ्य विज्ञहरूले सस्तो र आम रूपमा पाइने डेक्सामेथासोन नामक औषधिले कोरोना भाइरस संक्रमण भएका बिरामीलाई बचाउन सकिने दाबी गरेका छन् ।

मृत्युदर घटाउन सहयोगी हुने प्रमाणित यो नयाँ खालको औषधि नभएको र खासै महँगो पनि नभएको उनीहरुले बिबिसीसँग भनेका छन्।

उनीहरूकाअनुसार यो पुरानो र सस्तो खालको स्टेरोइड हो। खासगरी यसले उच्च सङ्ख्यामा कोभिड १९ का बिरामीहरू देखिएका गरिब देशहरूलाई ठूलो राहत दिन सक्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्