लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप, कमाण्डरसहित तीन जनाको मृत्यु


 


एजेन्सी, असार २
भारतको लद्दाखमा चिनियाँ र भारतीय सैनिकबीच झडप भएकाे छ। गल्वान भ्यालीमा चिनियाँ र भारतीय सेनाबीच झडप हुँदा भारतीय सैनिकका एक कमाण्डरसहित तीन जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

सोमबार राति भएको झडपमा भारतीय सेनाका एक कमाण्डिङ अफिसर र दुई सैनिकको मृत्यु भएको एनडिटिभीले लेखेको छ।

भारतीय सेनाद्वारा जारी विज्ञप्तिमा भनिएकाे छ,’गएराति गल्वान भ्यालीमा भारतीय र चिनियाँबीच बढेको तनावलाई नियन्त्रणमा लिने क्रममा हिंसात्मक झडप भएको थियो। जसमा केही सेनाले ज्यान गुमाएका थिए। भारततर्फ मृत्यु हुने एक अफिसर र दुई सेना छन्। अहिले परिस्थितिलाई नियन्त्रणमा लिन दुबै पक्षका बरिष्ठ सैनिक अधिकारीहरूबीच छलफल भइरहेको छ।’

भारतीय सञ्चारमाध्यमहरूका अनुसार भारत-चीन सीमामा ४५ वर्षपछि पहिलो पटक दोहोरो झडपमा सैनिकको मृत्यु भएको हो।

घटनाबारे थप विवरण आउन बाँकी छ। भारतीय सेनाले घटनाबारे जानकारी दिन अहिले २ बजे पत्रकार सम्मेलन गर्दैछ। लद्दाखमा डेढ महिनादेखि चिनियाँ र भारतीय सेनाबीच तनाव बढ्दै गएको थियो।

प्रकाशित मिति: २ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्