सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाईने !


 


काठमाडौँ, असार २
संविधान संशोधनको पक्षमा मतदान गर्न पार्टीले गरेको ह्वीप नमानेपछि जसपाले सरिता गिरीलाई पार्टी र सांसद दुवैबाट हटाउने तयारी शुरु भएको छ। लिम्पियाधुरा सहितको भूगोल समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी भएपछि गरिएको संविधान संशोधनमा गिरीले फरक मत राखेकाले गिरीलाई हटाउने तयारी भएको हो।

उनले संशोधन विधेयक खारेजीको संशोधन प्रस्ताव दर्ता गराएकी थिइन् तर सभामुखले गिरीको प्रस्ताव खारेज गरेका थिए। गिरीलाई सांसद पदबाट हटाउने र पार्टीको सदस्य समेत नरहने गरी कार्बाही गर्ने सोचमा पार्टी पुगेको एक नेताले बताए।

पार्टी अध्यक्ष उपेन्द्र यादव मोरङमा भएकाले बुधबार काठमाडौँ फर्किएपछि मात्र बैठक बस्ने ती नेताले बताए । संघीय समाजवादी पार्टीले गिरीलाई खसआर्य महिला कोटामा समानुपातिक सांसद बनाएको थियो। नेपाल समाचार पत्रबाट

प्रकाशित मिति: २ असार २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्