भारतमा ५.५ म्याग्निच्युडको भूकम्प


 


नयाँदिल्ली, असार १
भारतको गुजरातमा ५ दशमलब ५ म्याग्निच्युडको भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प विज्ञानका अनुसार राजकोटबाट ११८ किलोमिटर उत्तरपश्चिम क्षेत्रमा अाइतबार साँझ ८ बजेर १३ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो ।

आइतबार गुजरातको कछ जिल्लास्थित भुज नजिकै भूकम्पको केन्द्रविन्दु बनेको थियो ।

भूकम्पबाट मानवीय क्षति र अन्य भौतिक संरचनामा क्षति भएको छ या छैन यसबारे यकिन भइसकेको छैन । तर ठूलो धक्का महसुश भएको स्थानीय मिडियाले जनाएका छन् । जहाँका स्थानीय बासिन्दाहरु धक्का महसुश हुँदा अधिकांश घरबाहिर भागेका थिए ।

प्रकाशित मिति: १ असार २०७७, सोमबार

प्रतिक्रिया दिनुहोस्