भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ हजार नाघ्यो


 


काठमाडौं, जेठ ३२
कोरोना भाइरस (कोभिड–१९) का कारण उद्गमस्थल चीनमा भन्दा भारतमा बढिको मृत्यु भएको छ ।

भारतमा संक्रमितको संख्या पनि दैनिक रुपमा बढिरहेका छन् । पछिल्लो २४ घण्टाको अवधिमा भारतमा ११ हजार ९२९ जना संक्रमित भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

यो तथ्यांक पनि दैनिक संक्रमितहरुको संख्यामध्ये अहिलेसम्मकै सबैभन्दा धेरै भएको मन्त्रालयका अधिकारीहरुको भनाई छ।

भारतमा अहिलेसम्म कुल संक्रमितको संख्या ३ लाख २१ हजार ९६३ पुगेको छ ।

योसँगै भारतका कोरोनाका कारण मृत्यु भएकाहरुको कुल संख्या नौ हजार १९५ पुगेको छ। चीनमा भने हालसम्म कोरोनाका कारण ४ हजार ६ सय ३४ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्