कति छ आज डलरको भाउ ?


 



काठमाडौं, जेठ ३२
आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ०५ पैसा र बिक्रीदर १२१ रुपैयाँ ६५ पैसा तोकिएको छ ।

शुक्रबार एक अमेरिकी डलरको खरिददर १२० रुपैयाँ ९६ पैसा र बिक्रीदर १२१ रुपैयाँ ५६ पैसा तोकिएको थियो । अन्तर्राष्ट्रिय लगानीकर्ताहरु डलर कारोबारमा बढी केन्द्रित भएकाका कारण डलरको भाउ बढेको हो।

पेट्रोलियम पदार्थ र सेयर बजार तल झर्दा विदेशी लगानीकर्ता सुन र डलरमा बढी लागेका हुन् । डलरको भाउ बढ्दा नेपालमा लाभ र नोक्सान दुबै हुने गरेको अर्थविदहरु बताउँछन् ।

प्रकाशित मिति: ३२ जेष्ठ २०७७, आइतबार

प्रतिक्रिया दिनुहोस्