चिनियाँ राष्ट्रपतिविरुद्ध मुद्दा दायर


 


काठमाडौं, जेठ २९
चीनका राष्ट्रपति सी जिन पिङविरुद्ध भारतमा मुद्दा दर्ता भएको छ । सी जिन पिङविरुद्ध कोरोना भाइरस (कोभिड–१९) फैलाएको आरोपमा मुद्दा दर्ता भएको हाे ।

चीनबाट फैलिएको कोरोना भाइरसका कारण पछिल्लो दिनमा संक्रमितको संख्या अत्याधिक रुपमा बढ्दै गएको भारतको बिहारका मुराद अली नामका अधिवक्ताले मुद्दा दर्ता गरेका हुन् ।

उनले बिहारको बेतियास्थित सिजेएम अदालतमा चीनका राष्ट्रपति सि जिन पिङ र विश्व स्वास्थ्य संगठनका प्रमुखलगायत अन्य केही व्यक्तिविरुद्ध मुद्दा दर्ता गरेका हुन् ।

मुराद अलीले साक्षीका रुपमा विद्युतीय सञ्चारमाध्यममा प्रकाशित समाचार र अन्य कैयौं कागजातहरुलाई आधार बनाएका छन् । यस मुद्दामा आगामी जुन १८ मा सुनुवाई हुने अदालतले जनाएको छ । यस मुद्दामा अभियुक्तहरुलाई आईपीसीको धारा २६९, २७०, २७१, ३०२, ३०७, ५०४ र १२० बी लाई आधार बनाइएको छ ।

त्यसैगरी उनले साक्षीका रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नाम दिएका छन् ।उक्त मुद्दामा उनीहरुविरुद्ध सबै मिलेर पूरा विश्वमा कोरोना जस्तो विश्वव्यापी महामारी फैलाएको आरोप लगाइएको छ ।एजेन्सी

प्रकाशित मिति: २९ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्