नेपालमा काेराेनाबाट मृत्यु हुनेको संख्या १५ पुग्यो


 


काठमाडौं, जेठ २७
नेपालमा कोरोना भाइरसकाे कारण मृत्यु भएसंगै मृत्यु हुनेकाे संख्या १५ पुगेकाे छ ।

भरतपुर अस्पतालमा मंलगवार बिहान थप एक जनाको मृत्यु भएसँगै मृतक संख्या १५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले बताए ।

गौतमका अनुसार मृतक भरतपुर महानगरपालिका–११ सामनाटोलका ६८ वर्षका पुरुष हुन् । यसअघि नेपालका १४ जनाको कोरोना भाइरसका कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्