परीक्षाफल प्रकाशित


 


काठमाडौँ, असोज ९

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले गत माघ महिनामा सञ्चालन गरेको मानविकी तथा सामाजिकशास्त्र सङ्कायतर्फ स्नातकोत्तर तह (एमए) दोस्रो वर्ष (२०७१) को (सोधपत्रबाहेक) गृह विज्ञान र जेन्डर स्टडिज विषयको परीक्षाको परीक्षाफल आज प्रकाशन गरेको छ ।

परीक्षाफल www.educationsansar.com, www.edusanjal.com, र www.tu.ntc.net.np मा पनि हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०२ मा डायल गरी प्राप्त निर्देशानुसार थाहा पाउन सकिने छ भने ४९४९ मा एसएमएस गरेर पनि थाहा पाउन सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: ९ आश्विन २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्