मकवानपुरमा भूकम्प जाँदा काठमाडौंमा धक्का
काठमाडौं, जेठ २७
मकवानपुरमा भूकम्प जाँदा काठमाडौंमा धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराती ९ बजेर ३६ मिनेट जाँदा मकवानपुरको साखेल केन्द्रविन्दु बनाएर ३ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको हो ।
भूकम्पकाे धक्का काठमाडौंलगायत आसपासका जिल्लामा महसुस गरिएकाे छ ।
१२ वैशाख २०७२ मा गएको विनाशकारी भूकम्पयता समयसमयमा पराकम्प गइरहेका छन् ।
प्रकाशित मिति: २७ जेष्ठ २०७७, मंगलबार