अमेरिकामा काेराेनाकाेले १ लाख ९ हजार बढीकाे मृत्यु


 


काठमाडौं, जेठ २२
कोरोना भाइरसको महामारीले अमेरिकामा १ लाख ९ हजार १२७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप १ हजार ६८ जनाको मृत्यु भएको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २० हजार २८८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १९ लाख १ हजार ४९३ पुगेको छ ।

कुल संक्रमितमध्ये ६ लाख ८४ हजार ७७४ जना संक्रमणमुक्त भएका छन् । उपचार गराइरहेका ११ लाख ७ हजार ५९२ जनामध्ये १६ हजार ९२५ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: २२ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्