नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ हजार ९९ सय पुग्याे


 


काठमाडौं, जेठ २०
नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २१ सय नजिक पुगेकाे छ। एकैदिन थप २८८ जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि संक्रमितको संख्या २१ सय नजिक पुगेकाे हाे।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २७० जना पुरुष र १८ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका संक्रमितसहित नेपालमा संक्रमितको संख्या २ हजार ९९ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए। संक्रमण देखिएकामध्ये १९४९ जना पुरुष रहेका छन् भने जना १५० महिला रहेका छन्।

प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्