कङ्गोमा फेरि इबोलाको संक्रमण, चारजनाको मृत्यु
काठमाडौं, जेठ २०
विशभर कोरोना महामारी फैलिएको बेला कङ्गोमा फेरि इबोला भाइरसको नयाँ संक्रमण देखिएको छ । अहिले देखिएको इबोला यसअघि बिरामी भेटिएकोभन्दा हजार किलो मिटर टाढा भेटिएको हो ।
कङ्गोका स्वास्थ्य मन्त्री इटेनी लोगोडोका अनुसार पश्चिमी सहर म्बानडाकामा इबोलाबाट चार जनाको मृत्यु भएको छ । प्रभावित क्षेत्रमा औषधि लिएर स्वास्थ्यकर्मी गएका बीबीसीले जनाएको छ ।
कङ्गो अप्रिलमा इबोला मुक्त भएको घोषणा गर्ने तयारी गरिरहेको थियो ।
प्रकाशित मिति: २० जेष्ठ २०७७, मंगलबार