भूकम्पको धक्का महशुस, धादिङ केन्द्रबिन्दु


 



काठमाडौं, जेठ १७
धादिङ केन्द्रबिन्दु भएर शनिबार राति भूकम्प गएको छ । 
४.८ रिक्टरस्केलको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका अध्यक्ष लोकविजय अधिकारीले पुष्टि गरे ।

भूकम्प ९ बजेर ३६ मिनेट जाँदा धादिङको सुनौला बजार आसपास केन्द्रबिन्दु भएर गएको हो । भूकम्प नयाँ नभएर २०७२ सालको भूकम्पकै पराकम्प भएको उनले बताए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्