कोरोना संक्रमण फैलिएको ठाउँमा सेना परिचालन गरिने


 



काठमाडौं, जेठ १७
कोरोना भाइरसको संक्रमण फैलिएको आवश्यक ठाउँमा सेना परिचालन गरिने भएको छ । आज साँझ बसेको मन्त्रिपरिषद बैठकले आवश्यक ठाउँमा सेना परिचालन गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठक बस्नुअघि सुरक्षा परिषदको बैठक बसेको थियो । सोही बैठकमा सेना परिचालनबारे निर्णय लिइएको थियो ।

सरकारले यही जेठ २० गते कायम रहेको लकडाउनलाई लम्ब्याएर जेठ ३२ गतेसम्म कायम गरेको छ भने आन्तरिक तथा बाहृय दुवै विमानस्थल आगामाी असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्