अमेरिकामा कोरोनाले १ लाख ४ हजार बढीकाे मृत्यु


 


काठमाडौ, जेठ १७
अमेरिकामा कोरोना भाइरसको महामारीबाट पछिल्लो २४ घण्टामा थप १ हजार १९५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ४ हजार ५२५ पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ २४ हजार ४०९ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ९२ हजार ८७० पुगेको छ ।

उपचार गराइरहेका ११ लाख ६९ हजार ६३ जनामध्ये १७ हजार २०३ जनाको अवस्था गम्भीर रहेको छ । संक्रमित भएका ५ लाख १९ हजारभन्दा बढी निको भएका छन् ।

शनिवार बिहान ५:३० बजेसम्म अमेरिकामा ५ लाख १९ हजार २८२ जना कोरोना भाइरसको संक्रमणबाट डिस्चार्ज भएका छन् ।

प्रकाशित मिति: १७ जेष्ठ २०७७, शनिबार

प्रतिक्रिया दिनुहोस्