अष्ट्रेलियामा सन्दिपको राम्रो प्रदर्शन


 


sandeep-lamichhane

काठमाडौं असोज ८ क्रिकेट अभ्यासका लागि सोमबार अष्ट्रेलिया पुगेका सन्दिप लामिछानेले डेब्यु खेलमा राम्रो प्रदर्शन गरेका छन् ।

सन्दिपले शनिबार सिड्नी प्रिमियर क्रिकेटमा, क्लार्क कै क्लब वेष्टर्न सबअब्र्सबाट टेब्यु गरेका हुन् ।

वेष्टर्न सबअब्र्सले मोसमनलाई ६ विकेटले हराएको थियो, जसमा सन्दिपले ८ ओभर बलिङ गर्दै १७ रन दिएर १ विकेट लिए ।

सन्दिपले आफ्नो दुइ ओभरमा नै पिचको स्थिति बुझेर पछिका ओभरमा पेश परिवर्तन गर्दै बलिङमा भेरिएसन ल्याएको भन्दै क्लार्कले प्रशंसा गरे ।

प्रकाशित मिति: ८ आश्विन २०७३, शनिबार

प्रतिक्रिया दिनुहोस्