प्रधानमन्त्री मोदीद्वारा तीन वटै सेना प्रमुखसँग छलफल


 


काठमाडौं, जेठ १४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन वटै सेनाका प्रमुखसँग विशेष छलफल गरेका छन् । सिमानामा तनाब बढेसँगै भारतीय प्रधानमन्त्री मोदीले तीन वटै सेनाका प्रमुखसँग विशेष छलफल गरेका हुन् ।

नेपालले कालापानी, लिम्पियाधुरा र लिपुलेक क्षेत्र समेटर नक्सा सार्वजनिक गरेको तथा चीनले लद्दाखमा सेनाको तैनाथी बढाएपछि रक्षामन्त्री राजनाथ सिंहले पनि तीन वटै सेना प्रमुखसँग विशेष छलफल गरेको भारतीय सञ्चार माध्यमहरूले उल्लेख गरेका छन् ।

चिफ अफ डिफेन्स स्टाफ बिपिन रावतसहित भारतका तीनवटै सेना प्रमुखसँग रक्षामन्त्री सिंहले गरेको विशेष छलफलमा अतिक्रमित क्षेत्रमा बनाइएको सडक निर्माण जारी राख्ने निर्णय गरेको आजतकले जनाएको छ ।

यस्तै लद्दाख क्षेत्रमा चीनले झण्डै ५ हजारको हाराहारीमा जनमुक्ति सेना खटाएपछि भारतले पनि सीमा रक्षाका लागि सैनिक संख्या बढाएको बताइएको छ ।

रक्षामन्त्री राजनाथ सिंहसमेत सह्रिक मंगलबारको विशेष छलफलमा तीन वटै सेनाका प्रमुख, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल र चिफ अफ डिफेन्स स्टाफ जनरल विपीन रावत सहभागी भएका छन्। त्यसअघि मोदीले विदेश सचिवसँग पनि बैठक गरेका थिए ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्