अमेरिकामा कोरोनाले १ लाखभन्दा बढीको मृत्यु


 


काठमाडौं, जेठ १४
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७३५ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या १ लाख ५४० पुगेको छ ।

कोरोना भाइरससम्बन्धी तथ्यांक अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा त्यहाँ १८ हजार ९५२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख २५ हजार १७८ पुगेको छ ।

वुधबार विहान साढे ५ बजेको तथ्यांकका आधारमा अमेरिकामा मृत्यु हुनेको उक्त संख्या विश्वभर कोरोनाबाट मृत्यु हुनेको २८ प्रतिशतभन्दा बढी हो भने संक्रमितको संख्या विश्वभर संक्रमित हुनेको ३० प्रतिशतभन्दा बढी हो ।

अमेरिकामा संक्रमितमध्ये ४ लाख ७८ हजार २२५ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४६ हजार ४१३ जनामध्ये १७ हजार १५२ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: १४ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्