अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख नजिक पुग्याे


 


काठमाडौं, जेठ १३
कोरोना भाइरसको महामारीले अमेरिकामा मृत्यु हुनेको संख्या १ लाख नजिक पुगेको छ । यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा थप ५०४ जनाको मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ९९ हजार ८०४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा त्यहाँ १९ हजार ७१८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कुल संक्रमितको संख्या १७ लाख ६ हजार १५४ पुगेको छ । अमेरिकामा संक्रमितमध्ये ४ लाख ६२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । उपचार गराइरहेका ११ लाख ४३ हजार ५८६ जनामध्ये १७ हजार ११४ जनाको अवस्था गम्भीर रहेको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्