भारतमा काेराेना कहर: १ लाख ४४ हजारभन्दा बढी मानिसमा संक्रमण


 


काठमाडौं, जेठ १३
भारतमा कोरोना भाइरस संक्रमितको संख्या १ लाख ४४ हजार नाघेको छ । एकै दिन थप ६ हजार ४१४ जनामा संक्रमण देखिएको छ । योसँगै त्यहाँ संक्रमितको संख्या १ लाख ४४ हजार ९५० पुगेको हो ।

पछिल्लो २४ घण्टामा त्यहाँ थप १४८ जनाको मृत्यु भएको छ । यो समाचार तयार पार्दासम्म भारतमा कोरोना भाइरसको संक्रमणबाट ४ हजार १७२ जनाको मृत्यु भएको छ ।

कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन ३१ मे सम्म पुर्‍याइएको छ ।

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्