आज जेठ १३ गते मंगलवारको राशिफल


 


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कला र गलाको प्रभाव बढ्नेछ । भाग्यले विभिन्न अवसर जुराउनेछ । विपरीत वर्गप्रति आकर्षण बढ्नेछ । सामाजिक कार्य राम्रो हुन्छ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज इच्छा र आकाङ्क्षा पूर्ण हुनेछन् । मित्र वा आफन्तको सहयोग मिल्नेछ । प्रविधि मार्फत टाढा रहेका आफन्तसंग भेटघाट हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । महिला वा मित्रबाट विशेष सहयोग पाईनेछ । अध्ययनमा रुचि बढ्ने योगपनि देखिन्छन् ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) शुभकार्यको चर्चा चल्नेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । बन्दव्यापार सामान्य बन्दै जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बौद्धिकताको विकास हुनेछ । राजनैतिक र न्यायिक कार्यमा सफलता मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पुनर्मिलनको योगपनि रहेको छ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेकोछ । कूटनीतिक नियोगको सहयोगपनि मिल्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज गरेका कार्यमा ढिलासुस्ती हुनेछ । आफूलाई कमजोर भएको अनुभूति हुनेछ । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्तको प्रगतिमा मन रमाउनेछ । विद्या र बुद्धिको विकास हुनेछ । व्यावसायिक कामले गति लिने र राम्रो फड्को मार्न सकिनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज नयाँ–नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । लगनशीलताले कामहरु अगाडी बढ्नेछन । मान प्रतिष्ठामा अविवृद्धिपनि हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शुभकार्यको चर्चापनि चल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज दबाब र तनाव बढेको महसुस हुनेछ । प्रेमी प्रेमिकाका बिच खिन्नता बढ्नेछ । मनमा निरासा र शरीरमा आलस्यपनि आउला । – ज्यो.प. नारायणप्रसाद दुलाल

प्रकाशित मिति: १३ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्