थप २० जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५०७ पुग्यो
काठमाडौं, जेठ ९
नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ५०७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शुक्रबार दिउँसो थप २० जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितकोब संख्या पाँच सय ७ पुगेकाे हो।
सेती प्रादेशिक अस्पताल र भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा थप १९ जनामा संक्रमण पुष्टि भएको हो। ७० जना भने डिस्चार्ज भएका छन्। संक्रमितमध्ये पुरुष ४३३ र महिला ७४ छन्। तीन जनाको भने मृत्यु भइसकेको छ।
मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार आज बिहान ३० र दिउसो १९ गरी ४९ जना संक्रमित थपिएका हुन्। सेती प्रादेशिक अस्पतालमा भएको परीक्षणमा कैलालीका ३ जना पुरुष, डडेल्धुराका १ जना, बैतडीका १ जना र बाँकेका १४ जनामा संक्रमण देखिएको हो। यस्तै मोरङको रतुवामाई- २ का एक जनामा पनि संक्रमण पुष्टि भएको छ ।
संक्रमितमध्ये नेपालमा हालसम्म ३ जनाको मृत्यु भएको छ। उपचारपछि निको हुनेको संख्या ७० पुगेको छ। नेपालमा हालसम्म पिसिआर ४२ हजार ४ सय ८८ जनाको परीक्षण गरिएको छ। २४ घन्टामा ३ हजार ८ सय भन्दा बढीको पिसिआर परीक्षण भएको छ।
प्रकाशित मिति: ९ जेष्ठ २०७७, शुक्रबार