कोरोना महामारी रोक्न अफ्रिकी देशबाट सिक्न संयुक्त राष्ट्रसंघको आग्रह


 



काठमाडौं, जेठ ७
संयुक्त राष्ट्रसंघमहासचिवल एन्टोनियो गुटेरेसले अहिलेको कोरोना महामारी रोक्न विकसित देशले अफ्रिकी देशबाट शिक्षा लिनुपर्ने बताएका छन् ।

बुधबार फ्रान्सको एक रेडियोलाई अन्तर्वार्ता दिँदै उनले आग्रह गरेका हुन् । ुमहामारीको सुरुवातमा जसरी अनुमान गरिएको थियो, अफ्रिकी देशमा कोभिड १९ को संक्रमण त्योभन्दा निकै कम छ ।’

उनले यस्तो हुनुको पछाडि अफ्रिकी देशहरु र सहरहरुले समयमा नै सही निर्णय गरेको बताए । तर, विकसित देशले यस्तो नगरेको उनको गुनासो छ । 

अफ्रिकी महाद्विपमा अहिलेसम्म कोभिड १९ का कारण ३ हजारभन्दा कमले ज्यान गुमाएका छन् । त्यहाँ ८८ हजारमा संक्रमण देखिएको छ । 

अर्कोतिर, विश्वका विकसित देशमा ३ लाख २४ हजार बढी मानिसले यसका कारण ज्यान गुमाएका छन् ।

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्