ट्रम्पको विवास्पद अभिव्यक्ति : धेरै संक्रमित देखिनु अमेरिकाका लागि सम्मान


 



एजेन्सी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना संक्रमित धेरै देखिनु अमेरिकाका लागि सम्मानको कुरा भएको बताएका छन् ।

उनले परीक्षण धेरै भइरहेका कारण धेरै संक्रमित देखिएको बताए । यसलाई आफूले राम्रो रुपमा लिएको बताए ।

कोरोना भाइरसको महामारी सुरू भएपछि ट्रम्पले सोमबार पहिलो मन्त्रीपरिषद्को वैठक गरेका छन्। त्यसक्रममा पत्रकारसँग कुरा गर्दै उनले अरु भन्दा धेरै परीक्षण गरेकै कारण संक्रमित धेरै देखिएको बताए ।

अमेरिकामा हालसम्म कोरोनाका १५ लाख संक्रमित भेटिएका छन् भने करिब ९२ हजार मानिसहरूले ज्यान गुमाएका छन्। तर उनको यो अभिव्यक्तिको आलोचना पनि भइरहेको छ ।

प्रकाशित मिति: ७ जेष्ठ २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्