जिप दुर्घटनामा दुईको मृत्यु, छ घाइते


 


जुम्ला, असोज ७ कालिकोटको नाग्म हुँदै जुम्लाको सिंजा भएर मुगु गमगढी जाँदै गरेको १ च ३०९९ नम्बरको जिप आज अपराह्न कनकासुन्दरी–६ हाडसिंजामा दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा पाण्डवगुफा–८ का दलसिंह भण्डारी र ९ का तिलक काफ्ले रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ । जिपमा सवार छजना घाइते भएका छन्् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको बताइएको छ ।

घटनास्थल सदरमुकामबाट ६० किलोमिटर टाढा भएकाले घाइतेहरुलाई सदरमुकाम ल्याइँदै गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति: ७ आश्विन २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्