अमेरिकी राष्ट्रपति ट्रम्प कोरोनाको संक्रमणबाट जोगिन औषधि खान थाले


 


काठमाडौं, जेठ ६
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोना भाइरसको संक्रमणबाट जोगिन औषधि खान सुरू गरेका छन् । ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा राष्ट्रपति ट्रम्पले यस्ताे बताएका हुन्। उनले कोरोना भाइरसको संक्रमणबाट जोगिन आफूले मलेरिया तथा लुपसको औषधि हाइड्रोक्सिक्लोरोक्वीन खान थालेको बताएका हुन् ।

जबकी हाइड्रोक्सिक्लोरोक्वीनले कोरोना भाइरससँग लड्छ वा त्यसविरुद्ध काम गर्छ भन्ने अहिलेसम्म वैज्ञानिक प्रमाण फेला परिसकेको छैन । वैज्ञानिकहरुले प्रभावकारिता पुष्टि नगरेको र गम्भीर ‘साइड इफेक्ट’ हुन सक्ने बताइरहेको हाइड्रोक्सिक्लोरोक्वीन औषधि कोरोना भाइरसको उपचारमा प्रयोग गर्न थालि सकिएको समेत उनले दाबी गरेका छन् ।

चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको हो ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलगायतक विभिन्न स्वास्थ्य विशेषज्ञले अबको दुई हप्ता अमेरिकीहरुका लागि सबैभन्दा पीडादायी समय हुने चेतावनी पनि दिँदै आएका छन्।

प्रकाशित मिति: ६ जेष्ठ २०७७, मंगलबार

प्रतिक्रिया दिनुहोस्