भारतमा कोरोना संक्रमितको संख्या ८१ हजार ९ सय नाघ्यो


 


नयाँदिल्ली, जेठ २

गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरसको संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्

कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ ।

महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन् । तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

गुजरातमा ९ हजार ५९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोना भाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ । दिल्लीमा ३ हजार ४५ कोराना भाइरसको ९कोभिड–१९० को संक्रमित भएका छन् । दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ ।

संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी लकडाउनलाई थप दुइ साताको लागि लम्बाएको थियो । भारतले गत मे ४ देखि लागू हुने गरी थप दुइ साताको लागि तेस्रो चरणको लकडाउन गर्ने निर्णय गरेको थियो ।

भारतमा पहिलो चरणको लकडाउन २४ मार्चमा लगाइएको थियो । दोस्रो लकडाउन १५ अप्रिलमा शुरु भएको थियो । दोस्रो लकडाउन मे ३ मा सकिदै थियो । कोरोना भाइरसको संक्रमण देशभरी बढ्दै गएपछि दोस्रो लकडाउन नसकिदै तेस्रो लकडाउन मे १७ सम्मको लागि घोषणा गरिएको थियो । प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन गर्ने बताउनु भएको छ ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्