कोरोना भाइरस महामारीकाे विषयमा केन्द्रित भइ चीनले अमेरिकामाथिय लगायाे यस्ताे आरोप


 


काठमाडौं, जेठ २
विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसको महामारी नियन्त्रणमा अमेरिका असफल भएको चीनले आरोप लगाएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनका क्रममा विहिबार आफ्नो धारणा सार्वजनिक गरेका प्रवक्ता चाओ लिचियानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नेतृत्वको सरकारले जनताको हितमा काम गर्न नसकेको टिप्पणी समेत गरे ।

अमेरिकी प्रशासनले कोरोना नियन्त्रणका लागि चीनले खेलेको प्रभावकारी भूमिकाको गलत प्रचार गरेको र आफ्नो जिम्मेवारी भन्दा पनि चीनको आलोचनामा समय खेर फालेको टिप्पणी गरेका हुन् । अमेरिकी अधिकारीहरूले कोरोनाभाइरसको महामारीलाई पनि राजनीतिकरण गरेर संक्रमण नियन्त्रण सफलता हासिल गर्न नसकेको उनले बताएका छन् ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्