विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण


 


काठमाडौं, जेठ २
४ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको महामारीले विश्वकै सबैभन्दा ठूलो शरणार्थी शिविरलाइ चपेटामा परेकाे छ। बंगलादेशस्थित रोहिंग्याहरू राखिएको विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।

बंगलादेशको कक्स बजारमा रहेको शिविरमा बस्दै आएका दुई जना रोहिंग्यामा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

सोही क्याम्पमा बस्ने १ हजार ९ सय शरणार्थीहरूलाई पनि आइसोलेसनमा राखिएको छ । सघन बसोबास रहेको शरणार्थी क्याम्पमै कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि त्यहाँ लाखौं मानिसमा संक्रमणको खतरा भएको छ ।

बीबीसीका अनुसार उक्त स्थानमा प्रति वर्गकिलोमिटर ४० हजार देखि ७० हजारसम्म शरणार्थीको बसोबास छ । म्यानमारमा जातिय हिंसा भएपछि सन् २०१७ मा १० लाख हाराहारी रोहिग्या भागेर बंगलादेश पुगेका थिए ।

प्रकाशित मिति: २ जेष्ठ २०७७, शुक्रबार

प्रतिक्रिया दिनुहोस्