कोरोनाबारे विश्व स्वास्थ्य सगठनले दियो फेरी यस्तो चेतावनी


 


एजेन्स, जेठ १
विश्व स्वास्थ्य सगठनले कोरोना भाइरसबारे फेरी अर्को चेतावनी दिएको छ। विश्व स्वास्थ्य सगठनले कोरोना भाइरस  सधैंका लागि नहट्ने चेतावनी दिएको छ ।

बिहीबार संगठनका आपतकालिन निर्देशक डा.माइक रायनले कोरोना भाइरस सधैंका लागि कहिल्यै नजान सक्ने बताएका हुन् । उनले खोप पत्ता लागे पनि संक्रमणलाई पूर्णरुपमा नियन्त्रणमा लिन ठूलो बल आवश्यक पर्ने बताएका हुन् ।

अहिलेसम्म करिब ३ लाख मानिसले ज्यान गुमाइसकेको कोरोना भाइरसको संक्रमण ४३ लाख भन्दा बढी मानिसमा भइसकेको छ । संगठनले कोरोना भाइरसका कारण कैयौं मानिसको मानसिक अवस्थामासमेत असर परिरहेको बताएको छ ।

मानसिक स्वास्थ्यका क्षेत्रमा कम लगानी रहेका देशमा लकडाउनले समस्या उत्पन्न गराएको संगठनले उल्लेख गरेको हो । त्यसकारण संगठनले धेरै जसो देशहरुलाई मानसिक स्वास्थ्यका क्षेत्रमासमेत काम गर्न सुझाव दिएको छ ।

जेनेभामा भएको भर्चुअल सम्मेलनमा डा. रायनले ‘यो भाइरस हाम्रो समुदायको दोस्रो माहामारीका रुपमा रहन सक्ने र यो कहिलै नहट्न सक्छ’ भनेका छन् । उनले भनेका छन्, ‘एचआईभी गएको छैन्, यो भाइरस पनि यस्तै रहन सक्छ ।’

उनले जसरी दादुरा खोप बने पनि पूर्ण रुपमा हटेको छैन, त्यसैगरी खोप बने बनेपछि पनि कोरोना पनि त्यसरी नै रहिरहने बताएका छन् । विश्व स्वास्थ्य संगठनका महानिर्देशक टेड्रस एडनम घेबरायसले भाइरसको नियन्त्रणका लागि प्रत्येकले आफ्नो क्षेत्रबाट कडाइका रुपमा सुरक्षाका उपायहरु अपनाउन आवश्यक रहेको बताएका छन् ।

प्रकाशित मिति: १ जेष्ठ २०७७, बिहिबार

प्रतिक्रिया दिनुहोस्