क्वारेन्टाइनमा राखिएका १३ सयभन्दा बढी आप्रवासी पक्राउ


 


काठमाडौं, बैशाख ३१
विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्भावित संक्रमित ठानिएका १३ सयभन्दा बढी आप्रवासी कामदारलाई मेलेसिया प्रहरीले पक्राउ गरेको छ ।

मलेसिया सेलायाङ बजारबाट ९८ बालबालिकासहित १ हजार ३ सय ६८ जना अवैध आप्रवासी कामदालाई पक्राउ गरिएको हो । उक्त परीक्षणमा संक्रमण देखिएकालाई अस्पताल भर्ना गरिए पनि बाँकीलाई क्वारेन्टाइनमा राखिएको थियो । पक्राउ पर्नेमा म्यानमारका नागरिक ७ सय ९०, इन्डोनेसियाली ४ सय २१ , बंगलादेशी ७८, भारतीय ५४ र पाकिस्तानी ६ जना रहेका छन ।

उनीहरूलाई मलेसियन अध्यागमन कानुन अनुसार कारवाही गरिने मलेसियन अध्यागमन विभागका महानिर्देशक खैरुल डिजाइम दाउडले जानकारी दिएका छन् । केही साताअघि सेलायाङ बजारमा कोरोना संक्रमित भेटिएपछि त्यहाँ घेराबन्दी गरेर विदेशी नागरिक लगायत स्थानीयवासीको पनि कोरोना जाँच गरिएको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७७, बुधबार

प्रतिक्रिया दिनुहोस्